बिर्तामोड पुस १६ । झापाको अर्जुनधारामा एकजना १६ वर्षीया बालिकालाई प्रलोभनमा पारेर होटलमा पु¥याएर जबरजस्ती करणी गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नम्बर ९ बस्ने २३ वर्षीय कृष्ण बुढाथोकी रहेका छन् ।
बुढाथोकीले गत मंसिर २७ गते दिउँसो १२ः३० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित सूर्योदय होटलमा ती नाबालिकालाई ललाई–फकाई बलात्कार गरेको आरोप लागेको हो ।
घटनाबारे पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुढाथोकीलाई हिजो पुस १५ गते अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय अनारमनीले कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
जिल्ला अदालत झापाबाट आज पहिलोपटक ६ दिनको म्याद थप गरेर हिरासतमा राखेर विस्तृत अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।



