बिर्तामोड पुस १८ । प्रहरीले झापाको बिर्तामोडबाट दमकका तीनजना युवालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा दमक-४ बस्ने २३ वर्षीय राजा माझी, दमक-१ बस्ने २९ वर्षीय टेकबहादुर कुमाल र सोही ठाउँ बस्ने ३३ वर्षीय हर्कबहादुर कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति ९ बजे बिर्तामोड-४ स्थित १ किलोमिटर क्षेत्रबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुको साथबाट प्लास्टिकबाहेक ६ ग्राम १५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित नाइट्रोजन ट्याब्लेट ५५ वटा बरामद गरेको छ ।
तीनैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



