२०८२ पुष २१ सोमबार
Jhapa Today
Adv top

मेचीनगरमा भाका उत्सव हुने


मेचीनगर, पुस १९ । झापाको मेचीनगरमा पहिलो पटक भाका उत्सव हुने भएको छ ।

राजबंशी समाज विकास समिति मेचीनगरको आयोजनामा पुस २७गते ‘प्रथम भाका पिठ उत्सव’ हुन लागेको समितिका अध्यक्ष दिनेश राजबंशीले जानकारी दिएका छन् ।

राजबंशी समुदायको मौलिक परिकार ‘भाका’ अन्य समुदायमा पनि खाजाको रूपमा लोकप्रिय हुँदै गएको छ । यसै सन्दर्भमा राजबंशी समुदायको संस्कृतिको जगेर्ना गर्न यो उत्सव आयोजना गर्न लागेको अध्यक्ष राजबंशीले बताए ।

उनले भने, “पुस महिनाभर प्रायः सबै राजबंशी समुदायको घरमा भाका बनाइन्छ । भाकासँगै यसलाई बनाउन प्रयोग हुने चामलको पिठोको समेत प्रचार गरेर हाम्रो सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने हाम्रो उद्देश्य हो ।”

पुस २७ गते मेचीनगर-७, इटाभट्टा चोकस्थित वडा कार्यालयको दक्षिणतर्फ हटिया लाग्ने ठाउँमा भाका बनाउने विभिन्न स्टलहरू राखिने तयारी भइरहेको जानकारी गराए ।

उनका अनुसार सोही स्थानमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिनेछन् ।

यसअघि झापाका अन्य ठाउँहरूमा ‘भाका दिवस’ मनाउने गरिएको भए तापनि अहिले विदेशमा समेत यसको चर्चा बढ्दै गएको छ ।

Adv footer