२०८२ पुष २१ सोमबार
Jhapa Today
Adv top

नक्कली नागरिकता बनाउने शिवसताक्षीका बुवाछोरा पक्राउ


बिर्तामोड पुस २० । सरकारी छाप दस्तखत कीर्ते गरेर नेपाली नागरिकताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा झापा शिवसताक्षीका बुवाछोरा पक्राउ परेका छन् । उनीहरुलाई सप्तरी प्रहरीले हिरासतमा लिएको छ ।

झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २३ वर्षीय पप्पु ठाकुर र उनका बुवा राजकुमार ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको हो । सरकारी छाप दस्तखत कीर्ते गरी नक्कली नेपाली नागरिकता प्रमाणपत्र बनाएको आरोपमा सप्तरी जिल्ला अदालतबाट शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हो ।

गत बिहीबार नक्कली नागरिकतासहित पप्पु ठाकुर बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित शिवम् मिठाइ पसलबाट पक्राउ परेका थिए । पसल सञ्चालकले जिल्ला प्रशासन कार्यालय झापालाई दिएको सूचनाको आधारमा ठाकुरलाई नक्कली नेपाली नागरिकताको प्रमाणपत्रसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्ने पप्पु ठाकुरसँग उनका बुवा राजकुमार ठाकुरको नाम भएको नक्कली नागरिकता फेला परेको थियो । जुन नागरिकतामा ठेगाना सप्तरी राजगढ गाउँपालिका वडा नम्बर ५ उल्लेख छ ।

Adv footer