२०८२ पुष २१ सोमबार
Jhapa Today
Adv top

तोलामा २१ सयले घट्यो सुनको मूल्य


बिर्तामोड पुस २० । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार १०० सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २३ हजार २५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ८५८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer