बिर्तामोड पुस २२ । झापाको हल्दिबारीमा टिपरले तीनचक्के अटोरिक्सालाई ठक्कर दिँदा चारजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा अटोरिक्सामा चढेका अटोरिक्सा चालक हल्दिबारी–४ का ३८ वर्षीया रंगलाल ताजपुरिया, उनकी श्रीमती ३५ वर्षीया बबिता राजवंशी, सोही ठाउँ बस्ने ६० वर्षीया सीतादेवी सोरेन र २५ वर्षीया सुनिता तोलांगी रहेका छन् ।
हिजो साँझ ५ः५० बजे हल्दिबारी–२ रामलाल चोकमा शम्भु चोकबाट पाराखोपीतर्फ जाँदै गरेको बा. ४ ख ४८८१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे. १ ह ६७८९ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको हो ।
घाइतेहरुको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उपचारमा टिपर चालक इलाम नगरपालिका १० बस्ने २५ वर्षीय सुजन रम्तेल संलग्न रहेका छन् । उक्त टिपर प्रहरी चौकी हल्दिबारीले नियन्त्रणमा लिएको छ ।



