२०८२ पुष २३ बुधबार
Jhapa Today
Adv top

तराईमा हुस्सु, पहाड र हिमालमा आंशिक बदली


बिर्तामोड पुस २२ । आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको हो । विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । 

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

राति तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले बताएको छ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Adv footer