बिर्तामोड पुस २२ । इन्डो नेपाल मेचीनगर मिडिया कप–२०८२ को खेल तालिका सार्वजनिक भएको छ । झापाको काँकरभिट्टामा हुने प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

आयोजक प्रेस क्लब मेचीनगरले यही पुस २७ र २८ गते हुन लागेको मिडिया कपको खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा भद्रपुर प्रेस क्लब र अर्जुनधारा प्रेस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, दोस्रो खेलमा आयोजक मेचीनगर प्रेस क्लब र कनकाई सुरुङ्गा प्रेस क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा दार्जिलिङको तेराइ प्रेस क्लब र दमक पत्रकार मञ्च भिड्ने छन् भने अन्तिम क्वार्टर फाइनल खेलमा सिक्किम बगांलको टिम इन्डिया र बुद्धशान्ति प्रेस क्लब आमने सामने हुनेछन् ।
प्रतियोगिताअन्तगएत दोस्रो दिन पुस २८ गते दुई सेमिफाइनल तथा फाइनल खेल हुने आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष विनिशा शर्मा, पत्रकारजन्य संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए ।



