२०८२ पुष २४ बिहीबार
Jhapa Today
Adv top

बैंकिङ कसुर मुद्दामा दमकका भण्डारी पक्राउ


बिर्तामोड पुस २३ । प्रहरीले झापाको दमकबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ इट्टाभट्टा बस्ने ४८ वर्षीय यामप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दमक नगरपालिका–५ क्षेत्रबाट उनलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउपछि भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल्पना लुइँटेल भण्डारीको जाहेरीका आधारमा सरकार वादी र यामप्रसाद भण्डारी प्रतिवादी रहेको बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Adv footer