२०८२ पुष २४ बिहीबार
Jhapa Today
Adv top

सामान्य घट्यो सुनको मूल्य


बिर्तामोड पुस २३ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ ।

अघिल्लो दिन मंगलबार तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २३१ रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer