२०८२ पुष २५ शुक्रबार
Jhapa Today
Adv top

तोलामा २ हजारले घट्यो सुनको मूल्य


बिर्तामोड, पुस २४ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

अघिल्लो दिन बुधबार तोलाको ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २७ हजार ७९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer