२०८२ पुष २५ शुक्रबार
Jhapa Today
Adv top

लायन्स क्लब अनारमनीको बाहुनडाँगीमा क्यान्सर जाँच तथा निःशुल्क स्वास्थ्य शिविर


बिर्तामोड पुस २४ । लायन्स क्लब अफ अनारमनीको आयोजना, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड र मेचीनगर नगरपालिका वडा नम्बर ४ को सहयोगमा एक दिने क्यान्सर जाँच तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ अनारमनीले आफ्नो सेवा कार्यक्रमअन्तर्गत मेचीनगर ४ मा अवस्थित बाहुनडाँगी स्वास्थ चौकीमा सञ्चालन गरेको शिविरमा ७० जनालाई सेवा प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ अनारमनीका अध्यक्ष सरोज खरेल, मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, लायन्स क्लबका जिल्ला प्रमुख नवराज श्रेष्ठ, रिजन चियर पर्सन पार्वता गिरी, जोन चियर पर्सन शर्मिला जोशी, बिएन्डसी मेडिकल कलेजका पर्यवेक्षक ऋषभ ढकाल, स्त्रीरोग विशेषज्ञ सन्ध्या शाह, चिकित्सा अधिकृत अस्मिता संग्रौला, लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष दिपक कार्की, सक्रिय सदस्य रोजन खरेल लगायतको उपस्थिति रहेको थियो ।

आगामी दिनहरुमा पनि समुदायमा आधारित कार्यक्रमहरु ल्याइरहने लायन्स क्लब अफ अनारमनीका सचिव हेमन्त पाण्डेले जानकारी दिए ।

Adv footer