२०८२ पुष २५ शुक्रबार
Jhapa Today
Adv top

प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु


बिर्तामोड, पुस २५ । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत चयन भएका छन् । भद्रपुरका पुराना पत्रकार उनी दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

क्लबको चौथो अधिवेशनले महासचिव बाहेकका सबै पदमा सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रोहित काफ्ले, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधान सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा लोकबहादुर कुँवर, सन्तोष शर्मा, नितेश सिंह र सुनिता अधिकारी निर्विरोध चयन भएका हुन् । महासचिव पदमा भएको निर्वाचनमा भेषराज नेपाल विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी डिल्लीरमण नेपाललाई ५ मतले पराजित गर्दै विजयी भएका हुन् । भेषराजले २१ मत ल्याउँदा डिल्लीले १६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

पुस १९ गते भद्रपुर नगरप्रमुख गणेश पोखरेलले उद्घाटन गरेको क्लबको चौथो अधिवेशन महासचिव पदको निर्वाचनका कारण ५ दिन पछाडि परिणाम घोषणा गरिएको हो ।

Adv footer