२०८२ पुष २५ शुक्रबार
Jhapa Today
Adv top

राजमार्गमा ‘टोल गेट’ निर्माण सुरु


बिर्तामोड, पुस २५ । सरकारले राजमार्ग र सडकको मर्मतसम्भार गर्ने उद्देश्यसहित विभिन्न राजमार्ग र सडकमा गुड्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (रोड टोल) सङ्कलनका लागि मुलुकभरिका राष्ट्रिय राजमार्गमा २२ वटा डिजिटल टोल गेट निर्माण सुरु गरेको छ ।

मुलुकमा कोभिड–१९ को महामारी सुरु भएसँगै बन्द गरिएको उक्त सडक उपभोग दस्तुर पुनः सङ्कलन सुरु गर्न राष्ट्रिय राजमार्गमा २२ वटा डिजिटल टोल गेट निर्माण गर्ने प्रक्रिया सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक बोर्ड नेपालले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक गणेश केसीले सडक उपभोग दस्तुर सङ्कलनलाई सरल, सहज र अत्याधुनिक बनाउन मुलुकभरिका मुख्य राजमार्गमा डिजिटल टोल गेट निर्माण गरिने बताउँदै अहिले २२ स्थानमा निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिए । कोभिड–१९ को महामारी सुरु हुनुअघि मुलुकको विभिन्न १४ स्थानमा सडक उपभोग दस्तुर सङ्कलन गरिन्थ्यो । गोरखापत्रमा खबर छ ।

Adv footer