मेचीनगर,पुस २५। मेचीनगर-१० धुलाबारीस्थित ईष्टन होटलको चौथो तल्लाबाट लडेर एक कामदारको मृत्युु भएको छ ।
न्यु इन्फ्रा हेभन कम्पनी लिमिटेडले निर्माण गरिरहेको ईष्टन होटलको चौथो तल्लाबाट फलामको पाइप सार्ने क्रममा एक युवा कामदार भुईमा खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरी खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय नरेश कुमार मण्डल रहेका छन् ।
आज साँझ ६:३० बजे निर्माणस्थलमा पाइप सार्दै गर्दा अचानक सन्तुलन गुमाएर भुईमा खसेका उनको मेची आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा ७ बजे नै मृत्यु भएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


