२०८२ पुष २६ शनिबार
Jhapa Today
Adv top

गौरादहमा ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु


बिर्तामोड, पुस २६ । झापाको गौरादहमा ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा ट्रयाक्टरमा रहेका गौरादह-७ बस्ने ३५ वर्षीय मोहम्मद माजिम रहेका छन् ।

हिजो राति १०ः३० बजे गौरादह-५ चान्दु खोलास्थित भित्री सडकखण्डमा बालुबथानबाट फकिढिप गाउँतर्फ जाँदै गरेको मे. १ त ७१०८ नम्बरको खाली ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको हो ।

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका माजिमलाई दमक अस्पताल दमकमा जाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

दुर्घटनामा ४९ वर्षीय सत्यनारायण राजवंशी, २३ वर्षीय सञ्जीत ऋषिदेव, २३ वर्षीय अभिजुल मिया र ३४ वर्षीय केलु मिया घाइते भएका छन् ।

घाइते अभिजुल मियालाई भने नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ । ट्रयाक्टर चालक गौरादह-७ बस्ने ३८ वर्षीय यमप्रसाद राजवंशी तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer