२०८२ पुष २७ आइतबार
Jhapa Today
Adv top

गौरीगञ्जमा ब्राउनसुगरसहित तीनजना पक्राउ


बिर्तामोड, पुस २७ । प्रहरीले झापाको गौरीगञ्जबाट ८ ग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।

आज दिउँसो अन्दाजी ४ः३० बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ टटुवामारीस्थित यादव टोल बस्ने ३४ वर्षीय मानफकुमार मेहतालाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डको टोलीले लागुऔषधसहित पक्राउ गरेको हो ।

जाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ३ ग्राम २५० मिलिग्राम र उनको घर खानतलासी गर्दा प्लास्टिकबाहेक ३ ग्राम ७५० मिलिग्राम गरी जम्मा प्लास्टिकबाहेक ७ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

साथै, लागुऔषध नाप्ने डिजिटल तराजु एकथानसमेत फेला पारेर मेहतालाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, हिजो राति ९ः३० बजे गौरीगञ्ज-६ मुस्लिम टोल बस्ने २२ वर्षीय मोहमद रहिम मिया र सोही ठाउँ बस्ने अन्दाजी १८ वर्षीय सक्षम उप्रेती पनि लागुऔषधसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको गस्ती टोलीले शंका लागेर जाँच गर्ने क्रममा मोहमद रहिम मियाको साथबाट प्लास्टिकबाहेक १ ग्राम ब्राउनसुगर फेला पारेको थियो ।

दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

Adv footer