२०८२ पुष ३० बुधबार
Jhapa Today
Adv top

वीर अमरसिंहको अध्यक्षमा खड्का


बिर्तामोड, पुस ३० । झापाको बिर्तामोडमा रहेको वीर अमरसिंह माविको व्यवस्थापन समिति अध्यक्षमा बिर्तामोडका व्यवसायी जीवनकुमार खड्का चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले खड्कालाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् । उनी यसअिघि समिति सदस्य थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष, नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष तथ नागरिक स्वास्थ्य सहकारी संस्थाका कोषाध्यक्ष रहेका खड्काले आफ्नो कार्यकालमा विद्यालय सुधारका कार्यक्रम ल्याउने योजना रहेको बताए ।

त्यस्तै, समितिको सदस्यहरुमा टिकादेवी उप्रेती, सुशीला राजवंशी, वीरबहादुर नेपाल, शर्मिला त्रिखत्री, पंकज बजगाईं, अम्बिका दाहाल र मातृकाप्रसाद संग्रौला रहेका छन् ।

सदस्य सचिवमा प्रधानाध्यापक खेमराज गौतम रहेका छन् । कक्षा १२ सम्म अध्ययन हुने वीर अमरसिंहका प्राविधिक शिक्षा पढाइ हुँदै आएको छ ।

Adv footer