बिर्तामोड, माघ १ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ४८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ७०२ रुपैयाँमा कारोबार भइरहेको छ ।


