२०८२ माघ १ बिहीबार
Jhapa Today
Adv top

माफी मागेपछि अभय राजवंशी रिहा


बिर्तामोड, माघ १ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अपशब्द प्रयोग गरेका कारण पक्राउ परेका राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशी रिहा भएका छन् ।

प्रहीका अनुसार अब उप्रान्त त्यस्तो गल्ती नगर्ने शर्तमा माफी मागेपछि उनलाई रिहा गरिएको हो । अबदेखि त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि रिहा गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

त्यस विषयमा जिल्ला प्रशासन कार्यालय झापामा छलफल राखिएको थियो । जिल्ला प्रशासन कार्यालयमा मौखिक माफी मागेका राजवंशीले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेको प्रहरीले जनाएको छ ।

प्रहरीले कनकाई–९ स्थित घैलाडुब्बाका ४४ वर्षीय राजवंशीलाई हिजा राति बिर्तामोडस्थित नाइटलाइफ डान्सबारबाट खाजा भइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

जातीय तथा धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएका उनले पुस २९ गते भाक्का दिवसको दिन प्रमुख जिल्ला अधिकारीलाई पनि झापा छोडेर जान धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

त्यस्तै, उनले हिन्दु, बौद्ध तथा मुस्लिम समादायका चाडपर्वमाथि धावा बोलेका थिए । ती समुदायले आफ्नो चाडपर्व डोमालाल राजवंशी रंगशालामा मनाउने अधिकार नभएको र आफूले यहीँबाट रद्द गर्दैछु भन्ने उनले चेतावनी दिएका थिए ।

Adv footer