बिर्तामोड, माघ ३ । झापाको बिर्तामोड भद्रपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर-७ बस्ने ३६ वर्षीय सुदिर निरौला रहेका छन् ।
हिजो राति सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा निरौला गम्भीर घाइते भएका थिए ।
दुर्घटना ८ः१५ बजे बिर्तामोड-८ हर्चनामा भएको प्रहरीले जनाएको छ । उनलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारको क्रममा राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


