२०८२ माघ ९ शुक्रबार
Jhapa Today
Adv top

गौरीगञ्जबाट १०२ ग्राम ब्राउनसुगर बरामद


बिर्तामोड, माघ ९ । नेपल प्रहरी र सशस्त्र प्रहरीले झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जबाट ठुलो परिणामको लागरऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कुञ्जीबारीका अनुसार हिजो दिउँसो १२ बजे १०२ ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

गौरीगञ्ज-१ कुञ्जीबारीस्थित नेपाल–भारत सिमानामा प्रहरी चौकी कुञ्जीबारी र बिओपी कुञ्जिबारीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले ब्राउन सुगर बरामद गरेको हो ।

प्रहरी टोलीले जाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ३ प २९६८ नम्बरको मोटरसाइकलका चालकले प्रहरीलाई देख्नसाथ मोटरसाइकल छोडेर फरार भएका थिए ।

मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको लेगगार्डमा प्लास्टिकको झोलाभित्र रहेको चिनीमा लुकाएर प्लास्टिकले पोको पारेको १०२ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

ब्राउनसुगर र मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer