बिर्तामोड, माघ ९ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख एक हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।
बिहीबार तोलामा ५ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ६ हजार १९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ४ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ३०७ रुपैयाँमा कारोबार भइरहेको छ ।


