२०८२ माघ ११ आइतबार
Jhapa Today
Adv top

यु–१९ महिला टिममा भद्रपुरका तामाङ र राई गोलकिपर


बिर्तामोड, माघ ११ । अर्को साता पोखरामा हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीमा झापाका दुईजना खेलाडी छनोटमा परेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिप खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गर्दा झापा भद्रपुरका दुईजना खेलाडी छनोटमा परेका हुन् ।

भद्रपुर झापा गोल्डकपमा प्रशिक्षण लिँदै आएकी जुना तामाङ र भद्रपुर-४ को पूर्णिमा युवा क्लबकी सबनम राई नेपाली राष्ट्रिय टिममा परेका हुन् । उनीहरु दुवैजना गोलकिपर हुन् ।

जुनाका प्रशिक्षक भरत गुरुङका अनुसार जुना विगत तीन वर्षयता भद्रपुर झापा गोल्डकपको प्रशिक्षण केन्द्र मेची रंगशालामा टे«निङ गर्दै आएकी थिइन् ।

स्थानीय प्रतियोगितामा अब्बल रहँदै आएका तामाङ र राई राष्ट्रिय टिममा पर्नु भद्रपुरकै गौरवका रुपमा रहेको प्रशिक्षक गुरुङले बताए । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट मुख्य प्रशिक्षक सुमन श्रेष्ठले तामाङ र राईलाई अन्तिम टोलीमा छनोट गरेका हुन् ।

यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालमा हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल जनवरी ३१ मै भारतसँग खेल्ने तालिका छ । नेपाली टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, कृतिसा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहेका छन् ।

त्यस्तै, निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सलोनीकुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सिर्जना बडुवाल, सुशिला केसी र यमकुमारी विक पनि टोलीमा छन् ।

Adv footer