२०८२ माघ ११ आइतबार
Jhapa Today
Adv top

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायमै


बिर्तामोड, माघ ११ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख एक हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ६ हजार ४८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६० हजार ४६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ५५५ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।

Adv footer