
बिर्तामोड, माघ १२ । झापाको दक्षिणी सीमावर्ती पालिका झापा गाउँपालिकामा पाठेघरको क्यान्सरसम्बन्धी सचेतना तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ ।
रोट्राक क्लब अफ बिर्तामोडको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सयजनाले लाभ लिएको क्लबका अध्यक्ष सुशीला थापाले जानकारी दिए ।
पाठेघरको क्यान्सरको स्क्रिनिङ पूर्वाञ्चल क्यान्सर अस्पतालकी चिकित्सक डा. सुरुचि महतो र शर्मिला रनपलले गरेका थिए । त्यस्तै, सेवाग्राहीलाई पाठेघरको क्यान्सरसम्बन्धी सचेतना प्रदान गरेका थिए ।
झापा गाउँपालिकाको आधारभूत अस्पतालमा भएको कार्यक्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले सहयोग गरेको थापाले जानकारी दिए ।



