
बिर्तामोड, माघ १३ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटबढ भएको छैन । आज मंगलबारको दिन कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार नेपाली ठुलो टमाटर प्रतिकिलो ४५ देखि ५० रुपैयाँ मूल्य रहेको छ भने भारतीय टमाटर प्रतिकिलो ४० देखि ४२ रुपैयाँ कायम भएको छ ।
पहाडको फूलकोपी (काउली) भने थोरै घटेको छ । खुद्रमा प्रतिकिलो ८० रुपैयाँसम्म रहेको फूलकोपी थोकमा प्रतिकिलो ५० देखि ५५ रुपैयाँ रहेको छ । तराईको फूलकोपीको मूल्य पनि उस्तै छ ।
रातो आलु प्रतिकिलो २४ रुपैयाँदेखि २८ रुपैयाँ र सेतो आलुको १८ देखि २० रुपैयाँ रहेको समितिले बताएको छ । एक सातादेखि आलुको मूल्य घटबढ भएको छैन ।
त्यस्तै, इस्कुस प्रतिकिलो १८ देखि २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । भिन्डी १५० रुपैयाँ, सेतो मुलाको मूल्य प्रतिकिलो २० रुपैयाँ रहेको छ । स्थानीय घिउ सिमीको मूल्य भने उच्च रहेको छ । घिउ सिमी प्रतिकिलो ९० देखि १०० रुपैयाँ रहेको छ ।
बिर्तामोडको थोक बजारमा बैगुन लामो र डल्लो ७० देखि ८० रुपैयाँ, करेला १५० देखि १६० रुपैयाँ प्रतिकिलो रहेको छ । त्यस्तै, ब्रोकाउली प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
लौका ४० देखि ४५ रुपैयाँ, बन्दा ३० देखि ३५ रुपैयाँ, फर्सी ४० रुपैयाँ प्रतिकिलो रहेको छ । लोकल लसुन २५० रुपैयाँ र खासा लसुन २५० रुपैयाँदेखि २८० रुपैयाँमा कारोबार भएको छ ।



