२०८२ माघ १५ बिहीबार
Jhapa Today
Adv top

बाहिरियो वर्षा गराउने प्रणाली


बिर्तामोड, माघ १५ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि आजदेखि मौसम खुल्ने बताए ।

उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्काे प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन ।

आज तराई भू–भागका धेरै स्थानमा हुस्सु/कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको हुनसक्ने जनाइएको छ ।

Adv footer