२०८२ माघ १६ शुक्रबार
Jhapa Today
Adv top

एनसिडिए झापाको साधारणसभामा अग्रज व्यवसायीसहित १४ जनालाई सम्मान


बिर्तामोड, माघ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले चौथो अधिवेशनको अवसरमा १० जना अग्रज व्यवसायीसहति १४ जनालाई सम्मान गरेको छ ।

झापा कनकाईस्थित धनुषकोटीधाममा आज आयोजित साधारणसभमा उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

संघले अग्रज व्यवसायीहरु विश्वनाथ दाहाल, गोपाल सापकोटा, धनवीर लाल गणेश, अग्निप्रसाद सिटौला, सत्यदेव यादव, सुब्रतकुमार राय, प्रेमसागर अधिकारी, गोविन्दप्रसाद भण्डारी, मानबहादुर कार्की र कृष्णप्रसाद निरौलालाई सम्मान गरेको हो ।

त्यस्तै, संघले सञ्चालन गरेकोे कोभिड महामारीमा सहयोग अभियानमा राहत अभियानमा महत्वपूर्ण सहयोग गर्ने बिर्तामोडका अभियन्ता राजीव धिमाल, अनन्तलाल महतो र हिमाल खरेल तथा कार्यालय सचिव रमेश निरौलालाई पनि सम्मान गरिएको छ ।

संघका अध्यक्ष जीवनकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय महासचिव श्रीधर खनाल, कोशी प्रदेशका अध्यक्ष धनराज काफ्ले, मोरङ शाखा अध्यक्ष विश्वबन्धु ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघका महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद अधिकारीले औचित्यमाथि प्रकाश पारेका थिए ।

Adv footer