बिर्तामोड, माघ १८ । चिभास इस्टर्न गल्फ टुर्मामेन्ट–२०२६ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । धरान स्थित गल्फ कोेर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जितेका हुन् ।

ग्रसतर्फको उपविजेता पदमहाङ लिम्बू भए । त्यस्तै, प्रतियोगितामा नेटतर्फ सोम गुरूङले प्रथम स्थान, भुवन घिमिरेले दोस्रो स्थान र प्रतापजङ्ग थापाले तेस्रो स्थान प्राप्त गरे ।
महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान्वी गुरूङले उपाधि जितेका छन् । नेटतर्फ बिना सापकोटाले दोस्रो स्थान हासिल गरिन् ।
त्यस्तै, प्रतियोगितामा सिनियर स्पर्धाअन्तर्गत गणेश जिमीले उपाधि हात पार्दा तुलसीराम लिम्बू दोस्रो भए ।
ह्यान्डीक्याप स्पर्धातर्फ १ देखि ८ होलतर्फको स्पार्धामा सिद्धान्त सापकोटले प्रथम स्थान, अशोक सिंहले दोस्रो स्थान र श्याम लिम्बूले तेस्रो स्थान प्राप्त गरे ।
त्यस्तै, ह्यान्डीक्याप अन्तर्गत नै होल ९–१६ तर्फ कृष्ण पुनले प्रथम स्थान प्राप्त गर्दा हिरण प्रधानले दोस्रो र श्याम तामाङले तेस्रो स्थानमा चित्त बुझाए ।
प्रतियोगितामा लङ्गेस्ट ड्राइभ प्रदिप सारडा, नियरेस्ट टु द पिन दिपेन्द्र राई, स्ट्रेट टु द लाइनमा दिपक मगर, मस्ट बर्डिज राम तामाङले जित्न सफल भएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरूलाई इटहरीस्थित होटल रामाडामा अध्यक्ष प्याकुरेल, चिभास रिगलका कन्ट्री म्यानेजर सौरभ भट्टराईलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा कोशी प्रदेश, काठमाडौँ, पोखरालगायत युके, सिंगापुर, युएईबाट १३० भन्दा बढी एमेच्योर खेलाडीहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिता कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न भएको हो ।



