
बिर्तामोड, माघ २१ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार २३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८०१ रुपैयाँमा कारोबार भइरहेको छ ।



