बिर्तामोड, माघ २१ । झापाको दमकमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना आज दिउँसो भएको हो ।
आज दिउँसो ३ः३० बजे दमक-१ बरगाछीस्थित भित्री सडक खण्डमा मे. १ ख २८८४ नम्बरको टिप्पर र प्र. १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा रहेका इलाम चुलाचुली-४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राईको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले टिप्पर चालक उदयपुर त्रियुगा-९ राटमाटे बस्ने ३२ वर्षीय हिबराज राय, टिप्पर र मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।



