२०८२ माघ २२ बिहीबार
Jhapa Today
Adv top

आज सुन तोलाको २ लाख ९५ हजार २००


बिर्तामोड, माघ २२ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार तोलामा ५ हजार ६ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ९८० सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Adv footer