
बिर्तामोड, माघ २४ । कलाकार सुनिल थापाको उपचारका क्रममा निधन भएको छ ।
आज बिहान उनको काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।
उनका अनुसार परिवारका सदस्य आइपुगेपछि औपचारिक घोषणा गर्ने तयारी छ।
परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए।
सुनिल थापाले लामो समयदेखि नेपाली तथा भारतीय फिल्ममा काम गर्दै आएका थिए।




