बिर्तामोड, माघ २९ । झापाली महिला सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृह झापाले कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सम्पन्न गरेको छ ।

टेवाको सहयोगमा बिर्तामोडमा सञ्चालित तीन दिने तालिम महिला पत्रकारलक्षित खोज पत्रकारिताका विषयमा रहेको थियो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर ४ की कार्यवाहक अध्यक्ष निर्मला ल्वागुनको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।
तीन दिने खोज पत्रकारिता तालिमको सहजीकरण अग्रज पत्रकार बबिता बस्नेत र उमाकान्त खनालले गरेका थिए । तालिममा इलाम, सुनसरी, मोरङ, पाँचथर र झापा जिल्लाका ३० जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।




