२०८२ फागुन १ शुक्रबार
Jhapa Today
Adv top

जबरजस्ती करणी अभियोगमा अर्जुनधाराबाट सुनसरीका पौडेल पक्राउ


बिर्तामोड, फागुन १ । महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा झापाको अर्जुनधाराबाट एक ज्येष्ठ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने ७४ बर्षका प्रमानन्द पौडेल रहेका छन् ।

पौडेललाई इलामको माई नगरपालिका–५ घर भएर अर्जुनधारा–९ बाह्रघरेस्थित मामा घरमा बस्दै आएकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

माघ २८ गते राति आफूमाथि जबरजस्ती करणी भएको भनेर पीडितले हिजो साँझ प्रहरीलाई जानकारी गराउनासाथ प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले पीडक र पीडितको स्वास्थ्य परिक्षण गर्न भद्रपुरस्थित अस्पताल पठाएको जनाएको छ ।

Adv footer