२०८२ फागुन ६ बुधबार
Jhapa Today
Adv top

अर्जुनधाराको सुधार केन्द्रमा रहेकी एक महिलाको मृत्यु


बिर्तामोड, फागुन ६ । झापाको अर्जुनधारामा रहेको एक सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी–१० माईधारकी ३२ वर्षीया सुष्मा लिम्बू रहेकी छन् ।

अर्जुनधारा–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

हिजो बिहान ९ः१५ बजे अचानक पेट दुखेर उपचारको लागि बिएन्डसी अस्पतालमा उपचार गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

अधिक मदिरा सेवन गर्ने लिम्बूलाई फागुन ३ गतेदेखि त्यहाँ राखिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

Adv footer