२०८२ फागुन ६ बुधबार
Jhapa Today
Adv top

नेपालमा टिभिएस एनटर्कका डेढ लाख ग्राहक


बिर्तामोड, फागुन ६ । नेपालको दुईपांग्रे सवारीसाधन उद्योगमा ऐतिहासिक उपलब्धि हाँसिल गर्दै टिभिएसको एनटर्क स्कुटरले एक लाख ५० हजार ग्राहक पुर्‍याएको छ ।

नेपालको लोकप्रिय स्कुटर ब्रान्ड एनटर्कले यो अवसरमा टिभिएसको आधिकारिक सोरुमहरुमा डेढ लाख उत्सव आयोजना गर्ने घोषणा गरेको छ ।

नेपालका लागि टिभिएसको आधिकारिक वितरक तथा शंकर समूहअन्तर्गतको कम्पनी जगदम्बा मोटर्सले यस कार्यक्रममा राइडर, ग्राहक, डिलर तथा मोटरस्पोर्ट सहभागी गराएर एनटर्क समुदायको उत्सव मनाउने बिर्तामोडस्थित टिभिएसको बिक्रेता पाथिभरा अटो लिंकका सञ्चालक विपिनकुमार बस्नेतले बताए ।

ग्राहकहरूको बलियो विश्वास, डिलरहरूको प्रतिबद्धता तथा लजिस्टिक्स, बिक्री, सेवा, मार्केटिङ र स्पेयर पाट्र्स क्षेत्रमा कार्यरत सम्पूर्ण टिमको संयुक्त प्रयासबाट एक लाख ५० हजार ग्राहक पुगेको जनाइएको छ ।

डेढ लाख ग्राहकको उपलब्धिले नेपालको स्पोर्टी स्कुटर सेग्मेन्टमा एनटर्कको नेतृत्व स्थानलाई अझ सुदृढ बनाउनुका साथै ब्रान्डको देशव्यापी दृश्यता र स्मरणशक्ति पनि थप मजबुत बनाएको छ ।

लन्च भएदेखि नै रेसिङ–प्रेरित डिजाइन, शक्तिशाली परफर्मेन्स र स्मार्ट कनेक्टेड फिचरहरूका कारण एनटर्कले नेपालमा परफर्मेन्स स्कुटर श्रेणीलाई नयाँ परिभाषा दिएको छ । यसलाई युवा राइडरहरू तथा सहरी यात्रुहरूको रोजाइको पहिलो विकल्प बनाएको छ ।

यो उपलब्धिले ब्रान्डलाई आगामी लक्ष्यतर्फ अझ प्रेरित गर्दै नेपाली ग्राहकहरूलाई नवीन राइडिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि थप सुदृढ बनाएको छ ।

Adv footer