२०८२ फागुन ७ बिहीबार
Jhapa Today
Adv top

बिर्तामाडका दुई युवा भद्रपुरमा ब्राउन सुगरसहित पक्राउ


बिर्तामोड, फागुन ७ । झापा बिर्तामोडका दुईजना युवा भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-२ फूलबारी टोल बस्ने २१ वर्षीय प्रकाश तामाङ र सोही वडाको बिर्ताबजार बस्ने १९ वर्षीय मौसम तामाङ रहेका छन् ।

उनीहरुलाई हिजो दिउँसो २ बजे भद्रपुर–५ बसपार्कबाट वडा प्रहरी कार्यालय भद्रपुरले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि जाँच गर्दा मौसम तामाङले मुखभित्र प्लाष्टिकको पोका पारेर ब्राउन सुगर लुकाएर राखेको भेटिएको थियो । सो ब्राउन सुगर ५ ग्राम २२० मिलिग्राम रहेको छ ।

नियन्त्रणमा लिइएका दुवैजनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Adv footer