२०८२ फागुन ८ शुक्रबार
Jhapa Today
Adv top

कुटपिटको विषयमा प्रहरी चौकी बिर्ताबजारमा तोडफोड


बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोडस्थित प्रहरी चौकी बिर्ताबजारमा एक समूहले तोडफोड गरेको छ । प्रहरी चौकी तोडफोड गर्ने फरार छन् ।

बिर्तामोड–३ स्थित काजी पार्टी प्यालेसमा काम गर्ने बाह्रदशी–४ का सुजन राईलाई सोही पार्टी प्यालेसका सञ्चालक बिर्तामोड–३ का २९ वर्षीय आकाश खड्का, सोही पार्टी प्यालेसमा काम गर्दै आएका ४० वर्षीय कोमल शिवाकोटी, अर्जुनधारा–९ का २७ वर्षीय विपिन बुढाथोकीले सामान्य विवादमा कुटपिट गरेका थिए ।

प्रहरीले कुटपिट गर्ने तीनैजनालाई नियन्त्रणमा लिएर प्रहरी चौकी बिर्ताबजारमा ल्याएर राखेको थियो । सुजन राई पक्षका करिब ३५–४० जनाको संख्यामा आएको उत्तेजित भीडले प्रहरी चौकी तोडफोड गरेका हुन् ।

जसबाट प्रहरी चौकी बिर्ताबजारको कार्यालयको अगाडिको झ्यालको सिसा फुटेको छ भने कार्यालयको कम्पाउन्डभित्र रहेको कम्प्युटर टेबलमा समेत क्षति पुगेको छ ।

कुटपिटमा संलग्न तीनैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ ।
घाइते राईको बिएन्डसी अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी तोडफोडमा संलग्न फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।

Adv footer