२०८२ फागुन ८ शुक्रबार
Jhapa Today
Adv top

लागुऔषध मुद्दामा कारागार पठाइएका खरेल निर्दोष ठहर


बिर्तामोड, फागुन ८ । लागुऔषधजन्य औषधिको कारोबारमा संलग्न भएको आरोपमा थुनामा रहेका झापा बिर्तामोड–५ का भानुभक्त खरेलले सफाइ पाएका छन् । झापा जिल्ला अदालतले ५० वर्षीय खरेललाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै सोमबार खरेल कारागार मुक्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खरेलको कामदारको रुपमा रहेका २५ वर्षीय विनोद घिमिरेलाई भने अदालतले दोषी ठहर गरेको छ ।

न्यायाधीश लोकबहादुर हमालको इजालसबाट उक्त फैसला भएको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।

भदौ २८ गते पक्राउ परेका खरेललाई असोज ५ गते कारागार चलान गरिएको थियो । उनी पुर्पक्षका लागि थुनामा गएका थिए । झापा जिल्ला अदालतले उनलाई कारागार चलान गर्ने आदेश दिएको थियो ।

उनका सहयोगी अर्जुनधारा–६ दासपुलका २५ वर्षीय विनोद घिमिरे भने २ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

गत साउन १ गते बिर्तामोड ५ मङ्गलदिप टोलस्थित मनकुमार संग्रौलाको घरमा खरेलले सञ्चालन गर्दै आएको भाडाको गोदाममा प्रहरीले छापा मारेर ३५ लाख रुपैयाँभन्दा बढीको ट्रामाडोल लगायत लागुऔषधजन्य औषधि बरामद गरेको थियो । खरेलका कामदार घिमिरेलाई सोही बेला पक्राउ गरेको थियो ।

Adv footer