
बिर्तामोड, फागुन ९ । झापाको बुधबारे बजार आसपासका क्षेत्रमा मोटरसाइकल पड्काएर हिँड्ने एकजनालाई नियन्त्रणमा लिएको छ । उनलाई राति १० बजे पक्राउ गरिएको हो ।
रातको समयमा अनावश्यक रुपमा मोटरसाइकल पड्काएर स्थानीयलाई आतंकित पार्ने ती युवालाई नियन्त्रणमा लिएर आइन्दा गल्ती नदोहोर्याउने चेतावनी दिएर छोडिएको छ ।
बुद्धशान्ति-२ का २० वर्षिय ती युवाले केही दिनदेखि जयपुर, बुधबारे लगायतका क्षेत्रका स्थानीयलाई आतंकित बनाउँदै आएका थिए । बुलेट बाइकको साइलेन्सर पाइपलाई अनावश्यक मोडिफाई गरेर उनले पड्काउने गरेका थिए ।



