
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्त) सम्ममा खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार ३५ अर्ब ६२ करोड ९० लाख १८ हजार रुपैयाँ बराबरको खाद्यान्न र २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको दाल तथा तरकारीजन्य वस्तु आयात भएको छ । अधिकांश खाद्यान्न तथा तरकारी छिमेकी मुलुक भारत र चीनबाट आयात भएको छ ।
यो आयातको प्रत्यक्ष असर नेपालको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा परिरहेको छ । हरेक वर्ष अर्बौँको कृषि वस्तु खरिदमा खर्च हुँदा देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ ।



