२०८२ फागुन ११ सोमबार
Jhapa Today
Adv top

घट्यो चिया, प्लाउड र अम्रिसोको निर्यात


बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म मुख्य निर्यातजन्य वस्तु चियाको व्यापारमा गिरावट आएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार चिया निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको देखिन्छ । यस अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको मात्र चिया निर्यात भएको छ ।

जबकि अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चिया बाहिरिएको थियो । उत्पादन कम भएर निर्यातमा गिरावट आएको बताइएको छ ।

चियासँगै प्लाउड निर्यातमा ४० दशमलव ९० प्रतिशत र अम्रिसो निर्यातमा २४ दशमलव ९० प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

Adv footer