बिर्तामोड, फागुन १२ । इलामको पुवामझुवामा वर्षासँगै परेको चट्याङले लागेर तीनजना घाइते भएका छन् । आज दिउँसो इलामका केही स्थानमा वर्षा र हिमपात भएको थियो ।
चट्याङ लागेर घाइते हुनेहरुमा इलाम-३ पुवामझुवा बस्ने ३० वर्षीय पुष्पलाल विष्ट, सोही ठाउँ बस्ने ४० वर्षीय तारा खत्री र ८२ वर्षीय तिलककुमार खत्री रहेका छन् ।
आज दिउँसो १ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । उनीहरु घरमै बसिरहेको बेला चट्याङको झड्का लागेको थियो ।
घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको थियो । गम्भीर अवस्थाका पुष्पलाल विष्टलाई थप उपचारका लागि बिर्तामोड रिफर गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



