२०८२ फागुन १२ मंगलबार
Jhapa Today
Adv top

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, आज नछुट्ने


बिर्तामोड, फागुन १२ । सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । तर, आज उनी नछुट्ने भएका छन् ।

महाअभियानका संयोजक प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश गरे पनि ‘प्रक्रिया पूरा गर्नुपर्ने’ भन्दै काठमाडौँ प्रहरीले उनलाई रिहा नगर्ने निर्णय गरेको हो ।

सरकारी वकिल कार्यालयसँग सहमति लिएर उनलाई रिहा गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । उनले भने, ‘सर्वोच्चको आदेशअनुसार सरकारी वकिलसँग सहमति लिएर बुधबार रिहा गर्छौं ।’

मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ को व्यवस्था अनुसार प्रसाईंलाई रिहा गर्न सरकारी वकिलसँग सहमति लिनुपर्ने भन्दै प्रहरीले आज कार्यालय समय सकिएको कारण देखाएर उनलाई हिरासतमा नै राख्ने निर्णय गरेको छ ।

प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेर प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान गरिरहेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलले उनलाई छाड्न आदेश गरेका थिए ।

प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

Adv footer