२०८२ फागुन १४ बिहीबार
Jhapa Today
Adv top

बिर्तामोडका राजवंशी ब्राउन सुगरसहित पक्राउ


बिर्तामोड, फागुन १४ । झापा बिर्तामोडका एकजना युवा भारतबाट लागुऔषध ब्राउन सुगर ल्याउँदै गर्दा काँकरभिट्टामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–५ जात्रुबाडीका अर्जुन राजवंशी रहेका छन् । उनी हिजो साँझ पक्राउ परेका हुन् ।

हिजो साँझ लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टाको टोलीले मेचीनगर–६ पुरानो मेचीपुलबाट उनलाई नियन्त्रणमा लिएको थियोे ।

भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका राजवंशीलाई शंका लागेर सोधपुछ तथा शरीर तलासी लिँदा लागुऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालउ काँकरभिट्टामा ल्याएर राखेको प्रहरीले जानकारी दिएको छ ।

Adv footer