२०८२ फागुन १४ बिहीबार
Jhapa Today
Adv top

दमकबाट लुटिएको म्यागजिन र गोली भेटियो


बिर्तामोड, फागुन १४ । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो ।

त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका दमकको पछाडिपट्टि पर्खालको फेदमा सरसफाई गर्ने क्रममा इन्सासको म्यागजिन १ थान र ३ राउण्ड गोली फेला पारेका हुन् ।

उक्त म्यागजिन र राउण्ड इप्रका दमकबाटै गत भदौ २४ गते जेनजी आन्दोलनमा लुटिएको खुल्न आएको छ ।

Adv footer