२०८२ फागुन १५ शुक्रबार
Jhapa Today
Adv top

जेनजी आन्दोलनमा दमकबाट लुटिएको हतियार खेतमा भेटियो


बिर्तामोड, फागुन १५ । प्रहरीले झापाको दमकबाट एकथान राइफल फेला पारेको छ । सो हतियार जेनजीको नाममा भएको विध्वंश र लुटपाटको क्रममा हराएको बताइएको छ ।

गत भदौ २४ गते भएको विध्वंशकारी लुटपाटमा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटिएको प्रहरीले जनाएको छ । प्रहरीले हिजो राति ०७ः३० बजे गस्तीका क्रममा सो राइफल फेला पारेको हो ।

सो राइफल दमक-६ थानारोडस्थित इलाका प्रहरी कार्यालय दमकबाट अन्दाजी २० मिटर उत्तरपूर्वतर्फ रहेको याम्जी श्रेष्ठको खेलको झाडीमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीको गस्ती टोलीले वाई १३४८७ नम्बरको मार्क ४ राइफलको काठको भाग पूर्ण रुपमा जलेको तथा खिया लागेको अवस्थामा फेला पारेको थियो ।

Adv footer