
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको कनकाई हस्पिटलले अत्याधुनिक तथा गुणस्तरीय सेवासहित नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।
यसअघि सञ्चालनमा रहेको भवनभन्दा पूर्वपट्टि बिर्तामोडस्थित सिटी सेन्टरको उत्तर धर्मकाँटा रोडमा रहेको भवनबाट सेवा दिन सुरु गरिएको अस्पतालका अध्यक्ष युवराज डाँगीले जानकारी दिए ।
बिर्तामोडको लोकप्रिय हस्पिटलमध्ये एक हस्पिटल कनकाईले माघ महिनादेखि अत्याधुनिक सेवासहितको सेवा नयाँ भवनबाट सुरु गरेको अध्यक्ष डाँगीले बताए । बिरामीका लागि आधुनिक तथा गुणस्तरीय सेवा दिँदै आएको हस्पिटलको नयाँ भवनमा लिफ्टसहितको सेवा रहेको छ ।

अस्पतालले इमरजेन्सी सेवाअन्तर्गत मेरुदण्ड, हाडजोर्नी, स्त्री तथा प्रसूति, बाथ, जनरल सर्जरी, मुटुरोग मानसिक, नवजात तथा बालरोग, नाक, कान, घाँटी, यौन तथा छाला रोग लगायतका अन्य विभिन्न उपचार सेवाहरुका दिइरहेको छ ।
विशेषज्ञ सेवा, हाम्रो प्रतिबद्धता, सबैको पहुँचमा हाम्रो स्वास्थ्य सेवा भन्ने मुला नाराका साथ स्थापना भएको हस्पिटलमा स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, जनरल ल्याप्रोस्कोपिक सर्जन, गाइनेकोलोजी, रुमेटोलोजी, हेपाटोलोजीसर्जन, पेडियाट्रिक, कार्डियोलोजी, रेडियोलोजी, एनेस्थेटिक, फिजियोसिटी स्क्यानलगायतका सेवाहरु हस्पिटलमा उपलब्ध रहेका छन् ।


